ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

महँगो शिक्षाविरुद्ध अल्बानियामा विद्यार्थी सडकमा, सरकारी भवन र बैंकमा आगजनी

अल्बानियाको राजधानी तिरानामा महँगो शिक्षा र कमजोर शैक्षिक सुविधाको विरोधमा विद्यार्थी सडकमा उत्रिएका छन्। विद्यार्थीहरूले प्रधानमन्त्री एदी रामाको राजीनामा माग गरिरहेका छन्। यस क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको कार्यालय, सरकारी भवन तथा विभिन्न बैंकका शाखामा आगजनी गरेका छन्।

प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको प्रयोग गरेको थियो। त्यसक्रममा दर्जनौँ प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन्।

अल्बानियामा भइरहेको यो विरोध भारत, फ्रान्स र जर्मनीसहित विश्वका ११ देशमा विद्यार्थीहरूले आफ्ना माग राख्दै आन्दोलन गरिरहेका बेला सुरु भएको हो।

विज्ञापन

महिनौँदेखि असन्तुष्ट विद्यार्थी, सरकारले बेवास्ता गरेको आरोप

अल्बानियामा विद्यार्थीको असन्तुष्टि एकाएक बढेको होइन। उनीहरूले महिनौँदेखि पढाइको बढ्दो खर्च र डिग्री हासिल गरेपछि पनि रोजगारी पाउने सम्भावना कम भएको विषयमा आवाज उठाउँदै आएका छन्।

विद्यार्थीहरूका अनुसार शिक्षा महँगो हुँदै गएको छ, तर पढाइ पूरा गरेपछि पनि पर्याप्त रोजगारीका अवसर उपलब्ध छैनन्।

विद्यार्थीहरूले सरकारले उनीहरूसँग संवाद गर्नुको सट्टा उनीहरूको छवि बिगार्ने प्रयास गरेको आरोपसमेत लगाएका छन्।

ट्रम्पका ज्वाइँको विलासी रिसोर्ट निर्माण योजनाको पनि विरोध

एदी रामा सन् २०१३ देखि अल्बानियाका प्रधानमन्त्री छन्। गत वर्ष मे महिनामा उनी चौथो पटक प्रधानमन्त्री निर्वाचित भएका थिए। तर, त्यसपछि उनको सरकारका वरिष्ठ अधिकारीहरूमाथि लागेका भ्रष्टाचारका आरोपले जनआक्रोश बढाएको छ।

अहिले भइरहेको प्रदर्शनलाई रामाका लागि अहिलेसम्मकै गम्भीर जनविरोधमध्ये एक मानिएको छ।

सरकारविरुद्धको विरोध केही महिनाअघि नै सुरु भएको थियो। यसको एउटा कारण देशको दक्षिणी तटीय क्षेत्रमा विलासी रिसोर्ट निर्माण गर्ने योजना पनि हो। उक्त परियोजनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर संलग्न छन्।

बिहीबार रोयटर्ससँगको कुराकानीमा प्रधानमन्त्री रामाले आफ्नो राजीनामाको माग अस्वीकार गरेका छन्। उनले सरकार लोकतान्त्रिक निर्वाचनबाट परिवर्तन हुने बताएका छन्।

उनले भने, ‘गत वर्ष देशमा निर्वाचन भएको थियो, क्रान्ति होइन।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।