ब्रेकिङ न्युज
विज्ञापन
समाज

साइबर ब्युरोबाट पत्रकार श्रेष्ठले भने : समाचार लेखेकै कारणले पक्राउ गरियो, पेसागत धर्म छोडिन्न

जनआस्था साप्ताहिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्युरोले छलफलका लागि भन्दै ल्याएको छ।

पन्तको उजुरीपछि ब्युरोको टोलीले उनलाई लिन शनिबार बिहान नख्खुस्थित निवासमै पुगेको थियो। टोलीले उनलाई छलफलका लागि ब्युरो ल्याएको हो।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै श्रेष्ठले आफूलाई घरबाटै प्रहरीले ल्याएको बताए। उनले प्रहरीसँगै आएको र छलफलका क्रममा आफ्नो कुरा राख्ने बताएका छन्।

विज्ञापन

समाचार लेखेकै कारणले आफूलाई प्रहरीले ल्याएको श्रेष्ठको भनाइ छ।

‘म उहाँहरूसँगै आएको हुँ। अब छलफल हुन्छ, आफ्नो कुरा राखिन्छ,’ श्रेष्ठले भने, ‘आफ्नो पेसागत धर्म निर्वाह गरिन्छ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।