सप्तरीमा जग्गाको सिमानालाई लिएर झगडा हुँदा एक वृद्धको मृत्यु भएको छ।
छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादमा धकेल्दा वृद्धको मृत्यु भएको हो।
शनिबार बिहान स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो।

सोही क्रममा रघुनन्दन रायले तेतर रायलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
मृतक तेतर राय यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ। प्रहरीले घटनामा संलग्न रघुनन्दन रायलाई नियन्त्रणमा लिएको छ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।