ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

पत्रकार श्रेष्ठ पक्राउपछि हिमेश पन्तले भने : पाप धुरीबाट कराउँछ

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिक्रिया दिएका छन्।

श्रेष्ठ पक्राउ परेपछि सामाजिक सञ्जालमार्फत पन्तले ‘पाप धुरीबाट कराउँछ’ भन्दै प्रतिक्रिया दिएका हुन्। उनले छलफलका लागि आउँदै गरेको पनि बताएका छन्।

पन्तले लेखेका छन्, ‘पाप धुरीबाट कराउँछ। छलफल गर्न आउँदै छु!’

विज्ञापन

पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएपछि साइबर ब्युरोमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई शनिबार ललितपुरको नख्खुस्थित निवासबाट पक्राउ गरेको हो।

श्रेष्ठको पक्राउप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाउँदै उनलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरेको छ। महासंघले समाचारमा चित्त नबुझे स्थापित विधिअनुसार समाधान खोज्नुपर्ने बताएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।