नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शपथग्रहण गरेर पदबहाली गरेका छन्। उनले सभापतिमा निर्वाचित भएको प्रमाणपत्रसमेत ग्रहण गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बडादसैँको फूलपातीका दिन पार्टीको केन्द्रीय कार्यालयमा शपथग्रहण गरेका हुन्।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको शपथ भने दसैँपछि हुनेछ। महाधिवेशनबाट २३१ सदस्यीय समिति निर्वाचित भएको छ।









प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।