गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले दसैँका माध्यमबाट नेपालीबीच आपसी प्रेम, देशभक्ति, करुणा र अहिंसाको भावना बढाउने विश्वास व्यक्त गरेका छन्।
दसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले चाडपर्वको संरक्षणबाट राष्ट्र र राष्ट्रियताप्रति सम्मान एवं प्रेमको भावना जागृत हुने बताए।
सन्देशमा उनले दसैँले राष्ट्र पुनर्निर्माणमा नयाँ जोश, जाँगर र उत्साहका साथै सामाजिक–सांस्कृतिक एकता कायम राख्न प्रेरणा दिने विश्वास व्यक्त गरे।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।