ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

कंगना रनौतले भनिन् : विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भयो

भारतीय जनता पार्टी (भाजपा) की सांसद तथा अभिनेत्री कंगना रनौतले विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था सिर्जना भएको बताएकी छन्। यस्तो परिस्थितिमा भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सशक्त नेतृत्वको अझ बढी आवश्यकता रहेको उनको भनाइ छ।

शुक्रबार सञ्चारमाध्यमसँग कुराकानी गर्ने क्रममा वरिष्ठ अधिवक्ता प्रशान्त भूषणको ‘सत्ता परिवर्तन’ सम्बन्धी भाइरल अभिव्यक्तिबारे प्रतिक्रिया मागिएपछि रनौतले यस्तो बताएकी हुन्। उनले यस्ता अभिव्यक्तिले देशलाई बलियो नेतृत्वको महत्त्व बारम्बार सम्झाउने गरेको बताइन्।

रनौतले भनिन्, ‘यस्ता गतिविधिले देशलाई बलियो नेतृत्वको आवश्यकता कति छ भन्ने कुरा बारम्बार सम्झाउँछन्। तपाईंहरूले हिजो राति मात्रै फ्रान्समा के भयो देख्नुभयो। ऐतिहासिक भवनदेखि पसलसम्म सबैतिर आगजनी र लुटपाट भयो। मानिसहरूले यी सबै कुरा देखिरहेका छन्।’

विज्ञापन

उनले विश्वमा तेस्रो विश्वयुद्धजस्तै अवस्था रहेकाले भारतलाई प्रधानमन्त्री मोदीको सशक्त नेतृत्व अझ बढी आवश्यक रहेको बताइन्।

यसैबीच, सञ्चारमाध्यमसँगको कुराकानीका क्रममा रनौतले कोलकातामा भएको भागदौडको घटनाप्रति पनि दुःख व्यक्त गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।