ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ। देश शोकमा रहेका बेला उत्सवका कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार जारी गरेको सूचनामा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको र बुढीगण्डकीमा आएको बाढीले समेत क्षति पुर्‍याएको उल्लेख छ। यस्तो दुःखद घडीमा यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम आयोजना नगरिने सूचनामा जनाइएको छ।

कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ। २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका बीपी कोइरालाले आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए।

विज्ञापन

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुभन्दा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।