ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

टङ्कनाथ दाहालको स्मृतिग्रन्थ लोकार्पण

रावा कुभिण्डे सेवा समाज, नेपालले डा. सुरेश हाचेकालीको सम्पादनमा प्रकाशित ‘हाचेका नक्षत्र : टङ्कनाथ दाहाल’ स्मृतिग्रन्थ लोकार्पण गरेको छ। हाचेकाली दाहाल समाज, काठमाडौंद्वारा प्रकाशित उक्त ग्रन्थमा टङ्कनाथ दाहालको जीवनी, योगदान र तत्कालीन खोटाङको सामाजिक, शैक्षिक तथा राजनीतिक परिवेश समेटिएको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा रावा कुभिण्डे सेवा समाजका अध्यक्ष रामप्रसाद रेग्मीको अध्यक्षता तथा नेपाल सरकारका पूर्वसचिव एवं लोक सेवा आयोगका निवर्तमान अध्यक्ष माधवप्रसाद रेग्मीको प्रमुख आतिथ्यमा कृति लोकार्पण गरिएको हो।

कार्यक्रममा सीताराम पोखरेलले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए। पोखरेलले ४३ वर्षअघि दिवङ्गत भएका दाहालको जीवनी र योगदानबारे खोज तथा अनुसन्धान गरी स्मृतिग्रन्थ तयार गर्नु कठिन र सराहनीय कार्य भएको बताए। स्थलगत अध्ययन र अनुसन्धानले पुस्तकलाई थप महत्त्वपूर्ण बनाएको उनको भनाइ थियो।

विज्ञापन

टङ्कनाथ दाहालका कान्छा छोरा राजन दाहालले चार दशकअघि स्वर्गवास भएका बुबाको कीर्ति समाजसामु उजागर गर्ने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको बताए।

छ खण्डमा संरचित स्मृतिग्रन्थमा दाहालको परिचय, उनले प्रयोग गरेका सामग्री, तत्कालीन समयका तस्बिर, उनीबारे ६४ जनाले लेखेका लेखरचना, पारिवारिक तस्बिर, स्थलगत अध्ययनका झलक तथा उनका शाखा–सन्तानको नामावली समावेश छन्।

राणाकालमा जन्मिएका दाहाल साक्षर मात्र भए पनि शिक्षाप्रेमी र समाजसेवीका रूपमा परिचित थिए। उनले करिब नौ रोपनी जग्गा खरिद गरी हाचेकामा रत्न राज्य लक्ष्मी विद्यालय स्थापना गरेका थिए। गाउँमा सिँचाइ, खानेपानी लगायतका क्षेत्रमा पनि उनको योगदान उल्लेख्य थियो।

चतुर र कूटनीतिक व्यक्तित्वका धनी दाहाल तत्कालीन खोटाङको राजनीतिमा प्रभावशाली मानिन्थे। उनको समर्थनले जिल्ला पञ्चायतदेखि राष्ट्रिय पञ्चायतसम्मका निर्वाचनमा महत्त्व राख्ने गरेको बताइन्छ। स्मृतिग्रन्थले उनको जीवन र योगदानसँगै तत्कालीन खोटाङको सामाजिक तथा राजनीतिक अवस्था अभिलेखीकरण गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।