श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बडादसैँलगायतका चाडपर्व ऋण लिएर र देखावटी रूपमा नमनाउन आग्रह गरेका छन्।
दसैँ, तिहार र छठको शुभकामना दिँदै उनले यस्तो आग्रह लगरेका हुन्। उनले आफ्नो आर्थिक अवस्थाअनुसार चाडपर्व मनाउन नेपालीहरूलाई सुझाव दिए।
‘ऋण काढेर चाड मनाउनु हुँदैन! साग सिस्नु जे छ त्यही खाएर चाड मनाउनु होला! देखावा गर्नु हुँदैन!’ साम्पाङले भनेका छन्।
विज्ञापन

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई दसैँ, तिहार र छठ पर्वको हार्दिक शुभकामनासमेत दिएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।