ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिओस् : पूर्वअध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

बडादसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक विजयादशमीले सबैलाई सत्य र न्यायको मार्गमा अडिग रहने प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

यस वर्षको चाडपर्व प्राकृतिक विपत्ति र बाढीपहिरोका कारण प्रभावित भएको उल्लेख गर्दै पूर्वअध्यक्ष रेग्मीले घरबास गुमाएर अस्थायी आश्रयमा बस्न बाध्य बाढीपहिरो पीडितको आँसु पुछ्नु र जीवन सामान्य बनाउन हातेमालो गर्नु सबैको दायित्व भएकामा जोड दिएका छन्।

विज्ञापन

राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउँदै उनले आ-आफ्नो क्षमताअनुसार पीडितलाई साथ दिन सबैमा आह्वान गरेका छन्।

पूर्वअध्यक्ष रेग्मीले प्राकृतिक विपत्ति र कमजोर अर्थतन्त्रले मुलुकलाई अप्ठ्यारो पारेको अवस्थामा देशलाई कुनै न कुनै रूपले अस्थिरतातर्फ धकेल्ने प्रवृत्ति देखिएकामा चिन्ता व्यक्त गर्दै त्यस्ता प्रवृत्तिलाई निस्तेज पार्नुपर्ने आवश्कयता औँल्याएका छन्।

जनताले बनाएको संविधान जनसहमति बिना बदलिन नसक्ने स्पष्ट पार्दै पूर्वध्यक्ष रेग्मीले जनताको मतबाट निर्मित संविधान र कानुनको शासन नै देशको सबैभन्दा भरपर्दो जग भएको बताएका छन्। संविधानमा सुधारको आवश्यकता देखिएमा संवैधानिक प्रक्रिया र व्यापक राष्ट्रिय सहमतिबाटै अघि बढ्नुपर्ने र असहमतिको समाधान संवाद, संयम तथा विधिभित्र खोजिनुपर्नेमा उनको जोड छ।

विदेशमा रहेका लाखौँ नेपाली युवाको श्रम र पसिनाले देश चलेको भए पनि आफ्नै माटोमा सम्मानजनक रोजगारी र अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले युवाको ऊर्जा, सुशासन, भ्रष्टाचारमुक्त प्रशासन र निष्पक्ष न्याय नै समृद्ध नेपालको आधार भएको बताएका छन्।

बिनातडकभडक सौम्य र निष्ठापूर्वक बडादसैँ मनाउन आग्रह गर्दै पूर्वअध्यक्ष रेग्मीले आपसी सद्भाव बढाउने, पारिवारिक मिलन गराउने र नयाँ पुस्तामा संस्कृति तथा मूल्य मान्यता हस्तान्तरण गर्ने यस पर्वले देशलाई उन्नति, प्रगति, स्थिरता र समृद्धितर्फ अघि बढाउन दुर्गा भवानीले शक्ति प्रदान गरुन् भनी कामना गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।