ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

स्वास्थ्यमा सुधार आए पनि पूर्वप्रधानमन्त्री खनाल अस्पतालमै

पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ। श्वासप्रश्वासमा समस्या देखिएपछि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका खनालको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनको सचिवालयले जनाएको छ।

७७ वर्षीय खनाललाई आइतबार (कात्तिक १) दिउँसो करिब २ बजे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उपचारपछि उनको स्वास्थ्यमा सुधार आएको र हाल परीक्षणका क्रममा सबै अवस्था सामान्य देखिएको सचिवालय सदस्य मिलन उपाध्यायले जानकारी दिए।

सोमबार (कात्तिक २) नै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भए पनि चिकित्सकको सल्लाहअनुसार उनलाई अस्पतालमै राखिएको उपाध्यायले बताए। घर फर्किएपछि भेटघाटका लागि आउने मानिसको भीडले स्वास्थ्यमा असर पर्न सक्ने भएकाले थप एक–दुई दिन अस्पतालमै राख्न चिकित्सकले सुझाव दिएको उनको भनाइ छ।

विज्ञापन

‘डिस्चार्ज हुने भन्ने थियो, तर घर ल्याएपछि फेरि भेटघाटका लागि मानिसहरू आउँछन्। त्यसले अप्ठ्यारो पर्न सक्छ भनेर एक–दुई दिन अस्पतालमै राखेर मात्रै लैजान चिकित्सकले सल्लाह दिनुभयो,’ उपाध्यायले भने।

चिकित्सकको सल्लाहअनुसार अवस्था सामान्य रहे खनाललाई बुधबार (कात्तिक ४) साँझसम्म अस्पतालबाट डिस्चार्ज गरी घर लैजान सकिने उनले बताए।

खनाललाई अस्पताल लैजानुपरेको स्वास्थ्य समस्या अहिले समाधान भइसकेको र उनी सामान्य अवस्थामा फर्किंदै गरेको उपाध्यायले जानकारी दिए। हाल उनको स्वास्थ्य परीक्षणका नतिजा पनि सामान्य रहेको सचिवालयको भनाइ छ।

स्वास्थ्यमा सुधार आए पनि चिकित्सकको निगरानी र सल्लाहअनुसार खनाललाई अस्पतालमै राखिएको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।