ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

पाँच दिनमै किन गयो ट्रम्पकी प्रेस सचिव केटीको जागिर ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जकारियालाई नियुक्त भएको पाँच दिनमै पदबाट हटाइएको छ।

पहिलो पत्रकार सम्मेलनमा कमजोर प्रस्तुति र कानुनी योग्यताबारे उठेका प्रश्नपछि उनी विवादमा परेकी थिइन्। ह्वाइट हाउसका दुई अधिकारीले शुक्रबार जकारियालाई जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका हुन्। उनी प्रशासनभित्रै अर्को भूमिकामा जाने अपेक्षा गरिएको छ। तर, नयाँ जिम्मेवारीबारे औपचारिक घोषणा भएको छैन।

जकारियाको पहिलो पत्रकार सम्मेलन गत मंगलबार भएको थियो। करिब १४ मिनेट चलेको सम्मेलनमा उनले ट्रम्प समर्थक तीन सञ्चारमाध्यमका पत्रकारको मात्र प्रश्न लिएकी थिइन्। उनको प्रस्तुतिलाई लिएर आलोचना भएपछि व्यावसायिक क्षमता र पत्रकार सम्मेलनको तयारीमाथि प्रश्न उठेको थियो।

विज्ञापन

यो पनि पढ्नुहोस्

ट्रम्पकी नयाँ प्रेस सचिव केटीमाथि गम्भीर प्रश्न, अनुसन्धान गर्न माग

कानुन विषयमा अध्ययन गरेकी जकारियाले आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आएकी थिइन्। तर, उनले क्यालिफोर्नियाको बार परीक्षा उत्तीर्ण नगरेको स्वीकारेपछि उनको व्यावसायिक योग्यतामाथि थप प्रश्न उठेको थियो। अमेरिकामा वकालत गर्न सम्बन्धित राज्यको बारमा दर्ता हुनुपर्छ।

ट्रम्पले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै जकारियालाई पदमा रहने विषयमा पुनर्विचार गर्न सुझाव दिएको बताएका थिए। उनले सञ्चारमाध्यमले उनीमाथि अनुचित व्यवहार गरेको दाबी गर्दै भनेका थिए, ‘इमानदारीपूर्वक भन्नुपर्दा, म तपाईंको ठाउँमा भएको भए पुनर्विचार गर्थें।’

जकारियाले सामाजिक सञ्जालमा ट्रम्पसँग काम गर्न पाउनु सम्मानको कुरा भएको बताएकी छिन्।

जकारियालाई पूर्वप्रेस सचिव क्यारोलिन लेभिटको उत्तराधिकारीका रूपमा नियुक्त गरिएको थियो। उनको पाँच दिनमै भएको बहिर्गमनलाई ह्वाइट हाउसको इतिहासमा प्रेस सचिवको सबैभन्दा छोटो कार्यकालमध्ये एक मानिएको छ।

यो पनि पढ्नुहोस्

ट्रम्पकी नयाँ प्रेस सचिव : बेइजिङमा कानुन व्यवसायदेखि चिनियाँ भाषा अध्ययनसम्म

यो पनि पढ्नुहोस्

जब ‘मेरो राष्ट्रपति… माफ गर्नुहोस्, मेरो श्रीमान्’ भन्दै झुक्किइन् ट्रम्पकी नयाँ प्रेस सचिव

अब उनको स्थानमा कसलाई नियुक्त गरिन्छ भन्ने टुंगो लागेको छैन। एजेन्सी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।