ब्रेकिङ न्युज
विज्ञापन
अपराध

माछापोखरीमा मध्यराति भएको घटनामा संलग्न एक जना पक्राउ

काठमाडौंको माछापोखरी चोकमा दुई युवाबिच भएको झगडामा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं महानगरपालिका-१६ स्थित माछापोखरी चोकको सडकमा शुक्रबार राति करिब १२:१२ बजे कञ्चनपुरको कृष्णपुर नगरपालिका-७ घर भई हाल काठमाडौंको बल्खु बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका-४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजु बस्दै आएका २० वर्षीय सुवास तामाङबिच विवाद भएको थियो।

विवादपछि झगडा हुँदा तामाङ लडेर अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उपचारका क्रममा शनिबार दिउँसो १:३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा ताम्राकारलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।