ब्रेकिङ न्युज
विज्ञापन
समाज

सेकुवा कर्नरमा ब्राउन सुगर कारोबार गर्ने तीन जना पक्राउ

इटहरी उपमहानगरपालिका वडा नं. ९ स्थित बसपार्कको सुनौलो सेकुवा कर्नरमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका वडा नं. १८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), सोही ठाउँका ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मोहम्मद नजाम रहेका छन्।

इलाका प्रहरी कार्यालय इटहरी र सीआरभी बसपार्कबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा बसेका उनीहरूको खानतलासी गर्दा ब्राउन सुगरजस्तो देखिने ०.४२ ग्राम पदार्थ र चार हजार तीन सय ३० रुपैयाँ नगद फेला पारेको छ। उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

विज्ञापन

यसैगरी, सुनसरीको बर्जु गाउँपालिकाबाट भन्सार छली गरी भारतबाट नेपाल ल्याइँदै गरेका एक लाख १० हजार रुपैयाँ बराबरका लत्ताकपडा प्रहरीले बरामद गरेको छ। बर्जु गाउँपालिका वडा नं. १ गेलाबारी चोकस्थित भित्री सडकखण्डमा शुक्रबार राति ८ः४५ बजे प्रहरी चौकी शुक्रबारेबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको कुर्ता सुरुवाल बरामद गरेको हो।

बरामद कपडा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।