ब्रेकिङ न्युज
विज्ञापन
समाज

ट्रकको ठक्करबाट श्रीमतीको मृ`त्यु, श्रीमान् घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरी सदरमुकाम इनरुवा वडा नं. ४ स्थित बसचोकमा शनिबार अपराह्न दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ। दुर्घटनामा परि श्रीमान् घाइते भएका छन्।

लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इनरुवा-९ बबियाकी ५० वर्षीया रीतादेवी यादवको मृत्यु भएको हो। सिकिस्त घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगेर उपचार प्रारम्भ गर्नेबित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेम ओलीले बताए।

विज्ञापन

दुर्घटनामा मोटरसाइकल चालक रीतादेवीका श्रीमान् ५५ वर्षे शम्भुप्रसाद यादव घाइते भएका छन्। उनको जिल्ला अस्पताल इनरुवामै उपचार भइरहेको छ। उनको दाहिने खुट्टा र हातमा चोट लागेको छ। प्रहरीले ट्रकसहित चालक नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ४ का ४८ वर्षे बेदप्रसाद भट्राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।