ब्रेकिङ न्युज
विज्ञापन
समाज

सुमो दुर्घटना : मृ`तक, घाइते र बेपत्ता नौ जनाकै पहिचान खुल्यो

आइतबार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीमा भएको दुर्घटनामा सुनकोशीमा खसेको सुमोमा सवार मृतक तीन र घाइते तथा बेपत्ता ६ जना सबै खोटाङका भएको खुलेको छ।

काठमाडौंदेखि चालक र नौ जना यात्रु लिएर खोटाङ आउँदै गरेको को १ ज २०७६ नम्बरको सुमो मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानमा अनियन्त्रित भई सुनकोशीमा खस्दा तीन जनाको मृत्यु भएको हो।

खोटाङ प्रहरी प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा परेर जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ की १९ वर्षीया युनिसा राई, सोही ठेगानाकी १९ वर्षकै काव्या राई र खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तिका विश्वकर्माको निधन भएको हो।

विज्ञापन

दुर्घटनामा घाइते हुने तीन जना यात्रुमा सोही नगरपालिका-३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकै छोरी १२ वर्षीया शिवानी राई र खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीका १३ वर्षीय अंकित विश्वकर्मा रहेका छन्। सडकदेखि दुई सय मिटर तल खसेर नदीमा डुबेको दुर्घटनामा चालक ओखलढुंगाका २९ वर्षीय आशिक विश्वकर्मा पनि घाइते भएका छन्।

घाइतेहरूको उद्धार गरी उपचारार्थ उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सिन्धुली जिल्ला अस्पताल रिफर गरिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

दुर्घटनामा परेर खोटाङकै तीन जना यात्रु बेपत्ता छन्। दिक्तेल रुपाकोट मझुवागढी-५ का ३० वर्षीय हरि फुर्कोटी, सोही ठाउँका २६ वर्षीय रोशन मग्राती र २१ वर्षीया अप्सरा राई बेपत्ता भएको डिएसपी बुढाथोकीले जानकारी दिए।

दसैँको भीडभाडमा उपत्यकाबाट गाडीको टिकट नपाएपछि टिकट नकाटी राति १०ः३० बजे काठमाडौंबाट हिँडेको सुमो आइतबार बिहान ३ः०० बजे नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बिना टिकटका यात्रु भएकाले दुर्घटनामा पर्ने मृतक, घाइते र बेपत्ताको पहिचान खुल्न गाह्रो भएको हो।

प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले टिकट नभएका कारण दुर्घटनामा पर्नेहरूको विवरण संकलन गर्न कठिनाइ परेको बताए। उनका अनुसार सोधीखोजी गर्दै जाँदा आइतबार दिउँसो मात्र उनीहरूको पहिचान खुलेको हो।

घाइतेहरूको खोजी र उद्धारका लागि बिहानैदेखि प्रहरी टोली परिचालन भइरहेको गुरुङले बताए। खोटाङबाट घटनास्थल टाढा पर्ने भएकाले इलाका प्रहरी कार्यालय खुर्कोट र सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेसक्याम्प खुर्कोटको सशस्त्र प्रहरीको गोताखोर टोली खोजीकार्यमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुङले बताएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।