ब्रेकिङ न्युज
विज्ञापन
अन्तर्राष्ट्रिय

युक्रेनद्वारा रूसभित्र एक हजार बढी ड्रोन प्रहार, निशानामा ऊर्जा पूर्वाधार

युक्रेनले रूसमा एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको छ। आइतबार भएको आक्रमणमा सेन्ट पिटर्सबर्गस्थित तेल निर्यात टर्मिनल र तेल डिपो निशानामा परेका छन्।

आक्रमणमा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय गभर्नर अलेक्ज्याण्डर बेग्लोभले बताए। रूसको रक्षा मन्त्रालयका अनुसार १५ रूसी क्षेत्र, क्रिमिया र ब्ल्याक सी क्षेत्रमा गरी एक हजार १५ युक्रेनी ड्रोन खसालिएका छन्। आक्रमणमा रूसी खुद्रा कम्पनी ओजोनको रसद केन्द्र र प्रविधि कम्पनी भीकेको डेटा केन्द्र पनि निशानामा परेका छन्।

यसैबिच, युक्रेनको दक्षिणी सहर जापोरिझियामा रूसी आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने ६ वर्षीया बालिकासहित कम्तीमा दुई जना घाइते भएका छन्।

विज्ञापन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा पूर्वाधारमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेका छन्। रूसमाथि थप प्रतिबन्ध लगाउने विषयमा भने उनले निर्णय भएको छैन।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसमाथिका प्रतिबन्ध हटाउँदा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध प्रयास बलियो हुने बताएका छन्। उनका अनुसार रूसले एक सातामा युक्रेनको ऊर्जा, तेल र ग्यास पूर्वाधारमा ७६ पटक आक्रमण गरेको छ। ती आक्रमणका कारण हजारौं परिवार विद्युत् सेवाबाट वञ्चित भएका छन्।

यसैबिच, युक्रेनले लिथुआनियाको हवाई क्षेत्रमा ड्रोन प्रवेश गरेको घटनामा माफी मागेको छ। रूसी इलेक्ट्रोनिक युद्ध प्रणालीका कारण ड्रोन आफ्नो मार्गबाट विचलित भएको हुन सक्ने युक्रेनी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्। घटनामा एउटा कारमा क्षति पुगे पनि कोही घाइते भएका छैनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अन्तर्राष्ट्रिय बाट थप

थप — अन्तर्राष्ट्रिय

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।