ब्रेकिङ न्युज
विज्ञापन
अपराध

सुनसरीबाट ९१५ किलो गाँजासहित चार जना पक्राउ

सुनसरीबाट ९१५ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलस्थित एक घरबाट ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको हो।

शनिबार राति १ः३० बजे बुलबुल यादवको घरमा गाँजाको बिक्रीवितरण भइरहेको विशेष सूचनाको आधारमा घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको गाँजाजस्तो पदार्थ फेला पारेको प्रहरीले जनाएको छ।

विज्ञापन

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव, ३० वर्षीय आशिष यादव र दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई नियन्त्रणमा लिएको छ।

यस्तै, प्रहरीले को १–०२–००१ प ९१९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।