ब्रेकिङ न्युज
विज्ञापन
समाज

ताप्लेजुङमा गरियो फूलपाति बढाई, जिल्ला प्रहरी कार्यालयको दसैँघरबाट सेना र सशस्त्रमा लगियो फूलपाती

ताप्लेजुङमा शनिबार फूलपाती बढाई गरिएको छ। नेपाली सेनाको यहाँस्थित दुर्गादल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका सुरक्षाकर्मीले डोलीसहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजाअर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहाल, दुर्गादल गुल्मका गुल्मपति सेनानी कृतार्थ शमशेर जवरा, जिल्ला प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतम, सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा गुल्मका सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीसहित फूलपाती बढाईमा सहभागी थिए। बडादसैँअन्तर्गत शनिवार बिहान जिल्ला प्रहरी कार्यालयमा रहेको दसैँघरबाट फूलपातीसहितको डोली सम्बन्धित कार्यालयतर्फ पुर्याइएको छ।

सप्तमी तिथिको दिन दसैँका लागि पूजा सामग्री स्वरूप फूलपाती प्रवेश गराउने कार्य हुन्छ। यस दिन सदर फूलपाती बढाई भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्तीगरि नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याउने चलन रहेको छ।

विज्ञापन

नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

सातौँ दिन असोज ३१ गते शनिबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।