नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले फुटबलबाट सन्यास लिएका छन्।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै घर्तीमगरले आफ्नो फुटबल यात्रालाई यहीँ टुंग्याएको घोषणा गरेका हुन्।
‘कठिन थियो। जति मैले देशका लागि खेलेँ, मनैदेखि खेलेँ। सबै थोक मैले फुटबललाई नै दिएँ,’ उनले लेखेका छन्,‘आज यो निर्णय लिँदा म निकै भावुक भएको छु। मैले आफ्नो फुटबल यात्रा यहीँसम्म टुंग्याएको छु।’

केहि समयदेखि अष्ट्रेलिया बस्दै आएका विमलले आफ्नो फुटबल यात्रा लामो र कठिन रहेको बताउँदै फुटबलप्रति माया गर्ने शुभचिन्तकहरूले दिएको माया र समर्थनप्रति आभार व्यक्त गरे।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।