ब्रेकिङ न्युज
विज्ञापन
खेलकुद

विश्वकप लिग–२ : क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ।

ओमान क्रिकेट एकेडेमी टर्फ १ मा भएको टस जितेर क्यानडाका कप्तान हमजा तारिकले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। यससँगै नेपालले पहिले बलिङ गर्ने भएको छ।

नेपालले आजको टोलीमा एक परिवर्तन गरेको छ। यस खेलमा सन्दीप जोराको स्थानमा गुल्शन झालाई मौका दिइएको छ।

विज्ञापन

जारी सिरीजमा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई हराएको थियो। उता, क्यानडाले भने यसअघिका दुई खेलमा हार बेहोरेको थियो भने एक खेल जितेको थियो।

नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, गुल्शन झा, करण केसी, नन्दन यादव र ललित राजवंशी।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

खेलकुद बाट थप

थप — खेलकुद

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।