ब्रेकिङ न्युज
विज्ञापन
विविध

सरकारले माग्यो १५ पदमा सूचना प्रविधिका विज्ञ, तलब साढे दुई लाखसम्म

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले सूचना प्रविधिसम्बन्धी १५ पदमा विज्ञ माग गरेको छ।

केन्द्रले प्रमुख प्रविधि विज्ञ, प्रोजेक्ट म्यानेजर, सिस्टम एनालिस्ट, डेभलपर, साइबर सुरक्षा विज्ञ र टेक सपोर्टलगायत पदमा आवेदन खुलाएको हो। पदअनुसार मासिक ४० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म पारिश्रमिक तोकिएको छ।

प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजरका लागि सूचना प्रविधिसम्बन्धी विषयमा स्नातकोत्तर तथा अन्य पदका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। पदअनुसार सम्बन्धित अनुभव र प्राविधिक सीप पनि आवश्यक पर्नेछ।

विज्ञापन

इच्छुक नेपाली नागरिकले कात्तिक १८ गतेसम्म केन्द्रको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। उम्मेदवारको छनोट पदअनुसार शैक्षिक योग्यता, अनुभव, प्रस्तुतीकरण, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताका आधारमा गरिनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।