ब्रेकिङ न्युज
विज्ञापन
विविध

छ वर्षमा १०० बढी विवाहित पुरुषसँग सम्बन्ध राखेकी महिलाले गरिन् यस्तो खुलासा !

बेलायतको म्यानचेस्टरमा बस्ने ३२ वर्षीया सरोरा ग्रेसले पछिल्लो छ वर्षमा १०० भन्दा बढी विवाहित पुरुषसँग यौन सम्बन्ध राखेको दाबी गरेकी छन्।

सेक्स सरोगेटका रूपमा काम गर्ने उनी यसले वैवाहिक सम्बन्ध बिगार्नुको सट्टा जोगाउन मद्दत गर्ने बताउँछिन्।

उनका धेरैजसो पुरुष ग्राहकले आफ्नी श्रीमतीसँग लामो समयदेखि यौन सम्बन्ध नरहेको र यस विषयमा खुलेर कुरा गर्न नसकेको बताउने गरेको उनले सुनाइन्।

विज्ञापन

कतिपय ग्राहक २० देखि ३० वर्षसम्म यौन सम्बन्धबिनै वैवाहिक जीवन बिताइरहेको उनको भनाइ छ। उनीहरू सम्बन्धविच्छेद गर्न नचाहने तर एक अर्काबिचको आत्मीयता हराउँदै गएपछि सहयोग खोज्दै आफूकहाँ आउने गरेको उनको अनुभव छ।

ग्रेसले पुरुषहरूलाई आफ्नो चाहना बुझ्न, यौन जीवनमा आत्मविश्वास बढाउन र जीवनसाथीसँग राम्रो संवाद गर्न सिकाउने गर्छिन्। उनका अनुसार यो काम यौन सम्बन्धमा मात्र सीमित नभई भावना, आत्मीयता र सम्बन्ध सुधारसँग पनि जोडिएको छ।

द सनका अनुसार ग्रेसले ६० वर्षभन्दा माथिका एक ग्राहकको उदाहरण दिँदै ती पुरुषले आफूलाई भेट्नुअघि १० वर्षसम्म यौन सम्बन्ध नराखेको बताइन्। ती पुरुषलाई आफ्नी श्रीमतीसँग यौनसम्बन्धी विषयमा कुरा गर्न कठिन हुने र श्रीमती पनि नयाँ कुरा प्रयास गर्न तयार नहुने गरेको उनले बताइन्।

उनले अहिले ती पुरुषले आफ्नो वैवाहिक सम्बन्धमा पहिलेभन्दा बढी आत्मीयता बढेको बताउने गरेको उल्लेख गरिन्। तर, सम्बन्धलाई अझ सुधार गर्न आफूले प्रयास गरिरहेको उनको भनाइ छ।

ग्रेसले आफूलाई अरूको वैवाहिक सम्बन्ध बिगार्ने व्यक्तिका रूपमा नहेर्न आग्रह गरेकी छन्। उनका अनुसार कतिपय पुरुष आफ्ना भावना व्यक्त गर्न नसक्दा निराश हुने गरेका छन्। उनीहरूलाई आफ्ना चाहना बुझ्न र जीवनसाथीसँग राम्रो सम्बन्ध बनाउन सहयोग गर्नु आफ्नो काम भएको उनले बताइन्।

उनले विवाहित पुरुषलाई मात्र नभई जोडीलाई पनि सेवा दिने गरेकी छन्। केही जोडी आफ्नो सम्बन्धमा नयाँ अनुभव लिन र एक अर्कासँग खुलेर कुरा गर्न उनीकहाँ आउने गरेका छन्। यस्ता भेटघाटमा जोडीहरूले आफ्ना चाहना र सम्बन्धमा देखिएका समस्याबारे छलफल गर्ने गरेको ग्रेस बताउँछिन्।

उनका अनुसार सेक्स सरोगेसी एस्कर्टिङभन्दा फरक काम हो। एस्कर्टिङमा पैसाको बदलामा यौन वा अन्तरंग सेवा दिइने भए पनि सेक्स सरोगेसीमा आत्मीयता, भावनात्मक पक्ष र सम्बन्ध सुधारलाई समेत महत्त्व दिइन्छ।

सन् २०२२ मा आमाको निधन भएपछि जीवन र सम्बन्धप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन भएको ग्रेसले बताइन्। त्यसपछि उनले मानव सम्बन्ध, आत्मीयता र शरीरसँग जोडिएका विषयमा अध्ययन तथा तालिम लिएकी थिइन्। त्यसै क्रममा सेक्स सरोगेसीलाई आफ्नो पेसा बनाउने निर्णय गरेको उनको भनाइ छ।

ग्रेसको कामबारे सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै हुने गरेका छन्। कतिपयले उनको कामले वैवाहिक सम्बन्धमा समस्या निम्त्याउन सक्ने टिप्पणी गर्छन् भने केही महिलाले आफूलाई समर्थन गरेको भनेका छन्। तर, उनीकहाँ आउने पुरुषहरू सम्बन्ध तोड्न नभई वैवाहिक जीवन सुधार्न सहयोग खोज्ने गरेको उनको दाबी छ।

ग्रेस दुई वर्षदेखि जेमी ब्रेथसँग सम्बन्धमा रहेकी छन्। उनका अनुसार जेमीले उनको पेसालाई स्वीकार गरेका छन् र काममा साथ दिँदै आएका छन्। आफू अरूको श्रीमान् खोस्ने उद्देश्यले नभई उनीहरूलाई वैवाहिक सम्बन्ध सुधार्न सहयोग गर्ने उद्देश्यले काम गरिरहेको ग्रेसको भनाइ छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

विविध बाट थप

थप — विविध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।