नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री डा.डिला संग्रौलाले कुनै पनि चुनावमा अर्को दलको चुनाव चिह्नमा मत खसाल्ने दिनको अन्त्य भएको बताएकी छन्।
नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा उनले अबका कुनै पनि निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट पारिन्।
उनले भनिन्, ‘कांग्रेस बरु हार्छ तर गठबन्धन गरेर अब अर्को दलको चुनाव चिह्नमा भोट खसाल्दैन। यसको अन्त्य भयो।’

कांग्रेसलाई एक बनाएर लैजान सभापति गगन थापाले विशेष पहल गर्ने विश्वास व्यक्त गर्दै महामन्त्री संग्रौलाले पूर्वसभापति शेरबहादुर देउवासहितको समूह फेरि कांग्रेसको मूलधारमा फर्कने दाबी गरिन्।
१५औं महाधिवेशन चलिरहँदा अघिल्लो पुस्ताको एउटा समूह बाहिर रहनु आश्चर्यजनक रहेको उनको भनाई छ।
उनले भनिन्, ‘अब कांग्रेस नयाँ शिराबाट अघि बढिसक्यो। पछाडि फर्केर हेर्ने अवस्था छैन। सांसदबाट उहाँहरू पुनः पार्टीमा फर्कनु हुनेछ।’
महामन्त्री संग्रौलाले १५ औं महाधिवेशनले कांग्रेस भित्रको आधिकारिकता विवाद पनि समाप्त भएको दाबी गरिन्।
योसँगै अदालतमा रहेको आधिकारिकता सम्बन्धी मुद्दाको पनि औचित्य नरहेको उनको भनाइ छ।
पूरा अन्तर्वार्ता आज साँझ ७ बजे प्रसारण हुनेछ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।