चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ।
नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए।
उनका अनुसार बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा खैरहनी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१२ मुनालचोकस्थित माइत बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा, उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल र छ वर्षीय छोरा प्रसिद्ध पौडेल डुबेका थिए।

घटनाबारे स्थानीयले जानकारी गराएलगत्तै विपद्सहितको उद्धार टोली परिचालन गरिएको थियो। टोलीले प्रसिद्धिलाई उद्धार गरेको प्रहरी उपरीक्षक पौडेलले बताए।
सशस्त्र प्रहरीको गोताखोरको टोली र नेपाल प्रहरीले बेपत्ता आमा र छोराको खोजी गरिरहेको उनले जानकारी दिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।