नेपाल रेडक्रस सोसाइटीले बाढीबाट प्रभावित रसुवा र भोटेकोशी क्षेत्रका परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार आवास निर्माणका लागि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको भवन विभागसँग सम्झौता भएको छ । सम्झौताअनुसार घर गुमाएका झन्डै पाँच हजार जनालाई भाडा सहायता उपलब्ध गराउने सहमति पनि भएको छ ।
अध्यक्ष भण्डारीले दसैँलगत्तै आवास निर्माणको कार्ययोजना तयार गरिने जानकारी दिए । सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माणको प्रक्रिया अघि बढाइने उनले बताए ।



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।