ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेस महाधिवेशन : दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही अग्रता लिएका छन्। त्यसैगरी दलित महिला केन्द्रीय सदस्यमा सीता मिजार र दलित खुला केन्द्रीय सदस्यमा डा डीबी सुनारले अग्रता लिएका छन्।

२ हजार ४ सय मतगणना हुँदा सहमहामन्त्रीका उम्मेदवार स्नेहीले १ हजार ६ सय ५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले ४ सय ३ र नरेन्द्र पासवानले २ सय ७० मत पाएका छन्। सहमहामन्त्रीमा एक पदका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन्। प्रारम्भिक परिणामअनुसार स्नेही आफ्ना प्रतिस्पर्धीभन्दा फराकिलो मतान्तरले अगाडि छन्।

दलित महिलातर्फ पाँच केन्द्रीय सदस्य पदका लागि १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा सीता मिजारले सर्वाधिक १ हजार ४९ मत प्राप्त गरेकी छन्।

विज्ञापन

यसतर्फ शान्ति परियार (विक) ले ८ सय ५२, रूपा विकले ७ सय ९८, कमला नेपालीले ७ सय ६२ र छायाँ सुनारले ६ सय ३९ मत प्राप्त गरेका छन्। त्यस्तै, देविका नेपाली घिमिरेले ५ सय २०, पवित्रा विकले ४ सय ८९, सुना परियारले ४ सय ७४, चन्द्रकला विकले ४ सय ४५ र टीकाकुमारी बस्यालले ४ सय ७ मत पाएका छन्।

मनमाया विश्वकर्माले ४ सय १, मैना विकले ३ सय ८७, ललिता सुनारले ३ सय ६९, दिलमाया पौबीले ३ सय २३, लिला नेपालीले २ सय ९८ र ललिता सुनार (विद्या) ले २ सय ९७ मत प्राप्त गरेकी छन्।

त्यस्तै, दलित खुलातर्फ आठ केन्द्रीय सदस्य पदका लागि ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। २ हजार ४ सय मतगणना हुँदा डा डीबी सुनारले सर्वाधिक १ हजार २ सय ९७ मत प्राप्त गरेका छन्। उनी खुलातर्फका उम्मेदवारमध्ये सबैभन्दा अगाडि छन्।

खुलातर्फ सागर परियारले ८ सय ३४, हरिशरण नेपालीले ७ सय ८१, मन्जित ताम्राकारले ६ सय ४८ र शिवबहादुर सुनारले ६ सय ४४ मत प्राप्त गरेका छन्। त्यस्तै, अम्मरबहादुर बराइलीले ५ सय ८२, राजु परियारले ५ सय ६९, दीपक सोनीले ५ सय ५७, दिनेश सुनारले ५ सय २६, ईश्वरबहादुर परियारले ५ सय २० र मनबहादुर विश्वकर्माले ५ सय १ मत पाएका छन्।

यसैगरी, चक्रबहादुर नेपालीले ४ सय ७७, मैकुलाल बाल्मिकिले ४ सय ७६, सूर्यबहादुर विकले ४ सय ५२, रमेश विकले ४ सय ३२, श्यामकुमार मौरतीले ४ सय १९ र रमेश ताम्राकारले ४ सय ११ मत प्राप्त गरेका छन्।

धनबहादुर रसाइलीले ३ सय ५६, मुक्तबहादुर महतेले ३ सय ४१, सन्जु सिंह विश्वकर्माले ३ सय ३१, निरबहादुर विश्वकर्मा ९विमल धमला०ले ३ सय २६, बाबुराम विश्वकर्माले ३ सय २४ र दिलबहादुर विश्वकर्माले ३ सय २० मत पाएका छन्।

त्यस्तै, रामु नेपालीले २ सय ८५, गोवर्द्धन कोलीले २ सय ७९, भिउसिन दमैले २ सय ७५, वीरबहादुर विश्वकर्मा ९कमल०ले २ सय ७३, डम्बरबहादुर गोल्डस्मिथले २ सय ६४, रामकुमार नेपालीले २ सय ५८, लोकेन्द्रबहादुर विकले २ सय ५६, रोहित विश्वकर्माले २ सय ५१ र जबरबहादुर विकले २ सय ४२ मत प्राप्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।