ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

मुख्यमन्त्रीहरूलाई उपहार भोजपुरे खुकुरी

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सहभागी छ प्रदेशका मुख्यमन्त्रीलाई कोशीका स्थानीय उत्पादन तथा पहिचान झल्काउने उपहार प्रदान गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोजपुरे खुकुरी, ढाकाको कोट, ढाकाको टोपी, अल्लोको झोला र इलामको चिया प्रदान गरेका छन्।

मुख्यमन्त्री कार्कीले मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीलाई ढाकाको कोट, ढाका टोपी, भोजपुरको खुकुरी, इलामको चिया र अल्लोको झोला उपहार दिएका हुन्।

विज्ञापन

विराटनगरमा आयोजित अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाहेक अन्य छवटै प्रदेशका मुख्यमन्त्री सहभागी भएका थिए।

सम्मेलनका क्रममा मुख्यमन्त्रीहरूलाई प्रदान गरिएका उपहारले कोशी प्रदेशको मौलिक पहिचान, स्थानीय उत्पादन र सांस्कृतिक विविधतालाई उजागर गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।