ब्रेकिङ न्युज
विज्ञापन
अपराध

लागूऔषध सहित देशैभरबाट १४ जना पक्राउ, कहाँबाट को समातिए ?

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ परेका छन्।

मोरङ, विराटनगर महानगरपालिका-१८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम १ सय ५० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य अररिया जोगबनी कुश्मा-७ बस्ने १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधा कृष्ण राय रहेका छन्। इलाका प्रहरी कार्यलाय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

विज्ञापन

मोरङ, कानेपोखरी गाउँपालिका-७ कानेपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो १८ ग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने २२ वर्षीय मुस्कान राईलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१३ तल्लो गैसारबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २७ वर्षीय सुनिल सरदारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-९ हाटखोलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १९ वर्षीय रिकेश चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २९ वर्षीय फैयाज अन्सारी समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छप्कैया समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका मधेश प्रदेश ०३-०४१ प ४०२४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्राम सहित सोही महानगरपालिका-१५ बस्ने १९ वर्षीय सिधान्त सिंह समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छपकैयाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१६ प ४०३५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ८० मिलिग्राम सहित मकवानपुर हेटौंडा उमहानगरपालिका-२ संगमचोक बस्ने २० वर्षीय राजु मानन्धरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

रूपन्देही, रोहिणी गाउँपालिका-५ तकडीहवाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५ सय एम्पुल, बुप्रेनोर्फिन ५ सय एम्पुल र फेनारगन ५ सय एम्पुल सहित भारत उत्तर प्रदेश महारजगंज नौतन्वा पर्सा थाना बस्ने १७ वर्षीय किशोरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

बर्दिया, गुलरिया नगरपालिका-११ गणेशपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय २० मिलिग्राम सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ शान्ति टोल बस्ने २३ वर्षीय कर्ण मर्स्याङ्दी मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी बर्दिया, गुलरिया नगरपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-१० बस्ने २५ वर्षीय दिपेश चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको भे.९ प ४७५४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

चितवन, रत्ननगर नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३६ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब १ सय ३४ ग्राम सहित सोही नगरपालिका-२ बस्ने २९ वर्षीय डेभिड खड्कालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

अपराध बाट थप

थप — अपराध

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।