बूढीगण्डकी नदीमा आइतबार बिहान बहाव अत्यधिक बढेपछि गोरखाको चुमनुब्री गाउँपालिकाका तटीय क्षेत्रका बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्।
चुमनुब्री गाउँपालिका-६ र ७ क्षेत्रमा पर्ने उग्युलुङ र स्यारखोलामा पानीको बहाव बढेको हो। खोला थुनिने र खुल्ने क्रम जारी रहेकाले जोखिम बढेको स्थानीयले बताएका छन्। बाढीले सल्लेरी बजारमा क्षति पुर्याएको र जगत बजारसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।
यसैबिच, इलाका प्रहरी कार्यालय आरुघाटले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रहरीले नदी किनारमा नजान, परिवारलाई सुरक्षित राख्न र सतर्क रहन अनुरोध गरेको छ।

आरुघाट प्रहरीले भनेको छ, ‘बुढीगण्डकी नदीको बहाव अत्यधिक बढ्न गएको हुँदा बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नागरिकहरू सुरक्षित स्थानमा गई बस्न हुन अनुरोध।’



प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।