ब्रेकिङ न्युज
विज्ञापन
समाज

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजा गरिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गर्दैछन्।

घरको पूजाकोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री को आह्वान गरी पूजाआराधना गरिन्छ। शैलपुत्री नवदुर्गाका नौ स्वरूपमध्ये प्रथम हुन्। गिरिराज हिमालयकी पुत्री पार्वती नै शैलपुत्री भएको उल्लेख देवीकवच, मार्कण्डेय पुराणलगायत ग्रन्थमा गरिएको छ।

सत्ययुगमा आदिशक्ति सतीदेवीले पर्वतराज हिमालय (शैल) की पुत्री पार्वतीको रूपमा जन्म लिएकाले उनको नाम शैलपुत्री रहन गएको शास्त्रमा उल्लेख छ । शैलपुत्रीको दाहिने हातमा त्रिशूल, देब्रे हातमा कमल, निधारमा अर्धचन्द्र रहेको छ । नन्दी (साँढे) लाई वाहन बनाएकी उनलाई सती, पार्वती, वृषारुढा, हेमवती, भवानी आदि नामले पनि पुकारिन्छ ।आज बिहानैदेखि काठमाडौँसहित देशका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको भीड लागेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।