गोरखाको चुमनुब्री गाउँपालिकामा बाढीपहिरोले चार–पाँच वटा बस्ती प्रभावित भएका छन्। आज बिहान साढे ४ बजेतिर ठूलो आवाजसहित आएको बाढीका कारण यस क्षेत्रमा ठूलो क्षति भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुले जानकारी दिइन्।
उनका अनुसार अहिले यस क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनुका साथै खोला वारपार गर्ने पुलहरू बगाएको छ भने नदी किनारका बस्तीमा क्षति पुगेको छ।
गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रको अवस्था नाजुक छ। प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको उनले बताएकी छन्।

प्रभावित ठाउँमा पुग्ने क्रम जारी रहेको भन्दै उपाध्यक्ष गुरुङले क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिएकी छन्।
बाढीपहिरोले कुन–कुन बस्तीमा कति क्षति पुर्याएको छ भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।
यता, प्रहरी चौकीका असई ऋषिराम यादवले सल्लेरी बजार बगाएको छ भने जगत बजारमा ठूलो क्षति भएको प्रारम्भिक सूचना आएको बताए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।