ब्रेकिङ न्युज
विज्ञापन
समाज

बुढीगण्डकीमा थुनिएको नदी पुनः बग्न थाल्यो, घटनास्थल पुग्न कठिन : प्रहरी

गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङबीच ठुलो पहिरो खसेर थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ।

थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठुलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। तर, बाढीको वास्तविक अवस्था र तल्लो तटीय क्षेत्रमा परेको असरबारे थप विवरण आउन बाँकी छ।

प्रहरीका अनुसार आइतबार बिहान ५:३० बजे पहिरोका कारण नदी थुनिएको सूचना प्राप्त भएको थियो। त्यसलगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। नदी तटीय क्षेत्रमा रहेका प्रहरी इकाइ तथा स्थानीय बासिन्दालाई सम्भावित जोखिमबारे सचेत गराइएको थियो। बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठुलो बाढी आएको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ।

विज्ञापन

उता, गण्डकी प्रदेश प्रहरीका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले घटनास्थल विकट भएकाले त्यहाँ पुगेर वास्तविक अवस्था बुझ्न कठिन भएको बताएका छन्। स्थानीयसँगको सम्पर्कबाट प्राप्त सूचनाका आधारमा प्रहरीले नदी किनारका बस्तीलाई सतर्क गराइरहेको उनले नागरिकन्युजसँग बताए।

‘अहिले ठ्याक्कै घटनास्थलमा पुगेर अवस्था बुझ्न सम्भव छैन। नदीको बहाव कहिले बढ्ने र कहिले घट्ने गरेको सूचना आएको छ,’ कोइरालाले नागरिकन्युजसँग भने।

पहिरोका कारण नदीमा पानी थुनिएको भए त्यसको मात्रा कति छ भन्ने जानकारी नहुँदा जोखिमको आकलन गर्न कठिन भएको उनले बताए। पानीको मात्रा र बहावका आधारमा मात्रै बुढीगण्डकी हुँदै त्रिशूली नदीमा पर्ने असर र जोखिम कति तलसम्म पुग्न सक्छ भन्ने अनुमान गर्न सकिने उनको भनाइ थियो। प्रहरीले नदी किनारका बस्तीलाई सतर्क गराउने र थप सूचना संकलन गर्ने काम गरिरहेको उनले जानकारी दिए।

यसैबिच, प्रभावित क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा क्षति पुगेको सूचना अहिलेसम्म प्राप्त नभएको पनि कोइरालाले जानकारी गराए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।