बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले चारवटा हेलिकोप्टर उद्धारको लागि खटाएको छ। जसमा पछिल्लो विवरण अनुसार सेनाले ४९ जनालाई सुरक्षित स्थानमा सारेको छ।
आइतबार दिउँसो विज्ञप्तिमार्फत बाढी प्रभावित क्षेत्रबाट एमआई–१७ सहित चारवटा हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजले ४९ जनाको उद्धार गरेको जनाएको हो।
सेनाका अनुसार जगतबाट गोरखासम्म ६ जना, फिलिमबाट हुल्चुकसम्म एक शिशुसहित चार जना र यारुबाट हुल्चुकसम्म दुई बालक तथा एक विदेशी नागरिकसहित १५ जनाको उद्धार गरिएको छ।

त्यस्तै, हुल्चुकबाट फिलिमसम्म एक जना, नाम्रुङबाट फिलिमसम्म दुई जना, न्याक्फेदीबाट न्याकडाँडासम्म नौ जना तथा पायुबाट सल्लेरीस्थित नयाँबस्तीसम्म १२ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको सेनाले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन भएका छन्।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।