ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

गगन थापालाई विश्वप्रकाशको बधाई : यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित गगन थापालाई वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले शुभकामना दिएका छन्।

उनले यो यात्रा सुरु भएको तर लक्ष्य प्राप्त गर्न बाँकी रहेको बताउँदै शुभकामना दिएका हुन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘यात्राको सुरुवात हो, लक्ष्यको प्राप्ति होइन!’

शर्माले देशलाई गन्तव्यमा पुर्‍याउन धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै अफ्ठ्याराहरूको संयमपूर्वक सामना गर्नुपर्ने बताएका छन्। उनले भिन्न मत र मनहरूलाई जोड्नुपर्ने, विगतका गौरवलाई पछ्याउँदै कमजोरी सच्याउनुपर्ने र इतिहासप्रति इमानदार रहँदै समुन्नति सम्भव तुल्याउनुपर्ने बताएका छन्।

विज्ञापन

‘हामीले सक्नुपर्छ र सक्नेछौँ,’ शर्माले लेखेका छन्, ‘अपार विश्वास र दृढ साथका साथ उभिएको छु साथमा, लामबद्ध छौँ साथमा।’

उनले गगन थापालाई सम्बोधन गर्दै ‘लु ब्रदर-बलियो कमान्डका लागि शुभकामना!’ भन्दै बधाई दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।