ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

आरुघाट-गोरखा खण्डमा छिट्टै निःशुल्क बस चल्छ: गृहमन्त्री

बुढीगण्डकी नदीमा आएको बाढी प्रभावित नागरिकलाई लक्षित गर्दै आरुघाटबाट गोरखासम्म छिट्टै निःशुल्क सार्वजनिक बस सेवा सञ्चालन गरिने भएको छ।

गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन्।

गृहमन्त्री गुरुङका अनुसार बाढीपछिको उद्धार र राहत कार्यलाई तीव्र पारिएको छ। जसअन्तर्गत हालसम्म विभिन्न स्थानबाट ४७ जनाको सकुशल उद्धार गरिएको छ।

विज्ञापन

बाढी प्रभावित क्षेत्रमा पहिलो चरणको राहत सामग्री बोकेका ३ वटा ट्रकहरू पठाइसकिएको मन्त्री गुरुङले जानकारी दिएका छन्।

यस्तै, बाढीका कारण अवरुद्ध भएको सडक तथा यातायात तत्काल सुचारू गर्नका लागि बेलीब्रिज जडानलगायतका आवश्यक तयारीहरू भइरहेको उनले बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।