ब्रेकिङ न्युज
विज्ञापन
समाज

देवीदत्तलाई रोक्दै नेपाल पुलिसले जित्यो कर्णाली प्रिमियर लिगको उपाधि

कर्णाली प्रिमियर लिग (केपीएल) टी-२० क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ।

तातोपानी गाउँपालिका-४ स्थित हाँकु खेलमैदानमा आइतबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा देवीदत्त बटालियनलाई ८ रनले पराजित गर्दै पुलिसले उपाधि उचालेको हो।

उपाधिसँगै पुलिसले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बनेको देवीदत्त बटालियनले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।

विज्ञापन

फाइनलमा पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा १४८ रन जोडेको थियो। पुलिसका लागि कमल विष्टले अर्धशतकीय इनिङ्स खेल्दै ५७ रन बनाएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको देवीदत्तले निर्धारित २० ओभरमा १४० रन मात्र बनाउन सक्यो। उसका लागि भूपेन्द्र दमाईले सर्वाधिक ६१ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

असोज २० गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ११ टोलीको सहभागिता रहेको थियो।

‘जुम्ला पनि अब खेल्छ, हिमालको फेदमनि’ भन्ने मूल सन्देशका साथ आयोजित प्रतियोगिताले जुम्लालाई नयाँ क्रिकेट गन्तव्यका रूपमा चिनाउने प्रयास गरेको आयोजक ‘युथ फर कर्णाली’ का अध्यक्ष मनोज भारतीले बताए।

‘खेलकुदसँगै जुम्लाको प्राकृतिक पहिचान र पर्यटन प्रवर्द्धनलाई जोड्न खोजेका हौं,’ भारतीले भने, ‘उच्च भूभागमा खेलकुद गतिविधि बढाएर जुम्लालाई नयाँ खेल गन्तव्यका रूपमा स्थापित गर्नु हाम्रो लक्ष्य हो।’

जुम्लाको पहिलो अभ्यासका रूपमा सम्पन्न यस प्रतियोगिताले हिमाली भेगमा खेल पर्यटनको सम्भावना उजागर गरेको छ। तर, यसलाई दिगो बनाउन खेल पूर्वाधार निर्माण, स्थानीय खेलाडीको क्षमता विकास र नियमित प्रतियोगिताहरूको आयोजना अपरिहार्य देखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।