बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउने घोषणा गरेका छन्।
प्रदेशका हरेक नागरिकसम्म स्वस्थ जीवनशैलीको पहुँच पुर्याउन प्रदेश सरकारले छिट्टै ‘प्रादेशिक योगपरिषद्’ निर्माण गर्न लागेको उनले जानकारी दिए।
पतञ्जली योग समितिले शनिबार भक्तपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री थापामगरले भक्तपुरलाई योग, शिक्षा, स्वास्थ्य र पर्यटनको एकीकृत केन्द्रका रूपमा विकास गरिने बताए।

यस योजनामार्फत प्रदेशका १३ वटै जिल्लामध्ये भक्तपुरलाई प्रमुख नमुना जिल्ला बनाउने गरी आधारशिला तयार भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत गठित प्रादेशिक योग समितिका सदस्य एवं पतञ्जली योग समितिका महासचिव डा. नवराज काफ्लेले परिषद् गठनको प्राविधिक तथा नीतिगत गृहकार्य द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए।
कार्यक्रमका सभापति तथा पतञ्जली योग समिति नेपालका अध्यक्ष सुदर्शन सुवेदी र संस्थाका संरक्षक बालमुकुन्द सुवालले देशभर योगसाधनाको विस्तार तथा साधकहरूको सशक्तीकरणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।