ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

जिल्ला अधिवेशनको तयारीमा जुट्यो देउवा पक्ष

नेपाली कांग्रेसको देउवा पक्ष कालीकोटले आगामी असोज २७ र २८ गते हुने जिल्ला अधिवेशनको तयारी तीव्र पारेको छ। अधिवेशनलाई व्यवस्थित र सफल बनाउन पार्टीले छवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ।

अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जिल्लाका ८२ वटै वडा र नौवटै स्थानीय तहको अधिवेशन सम्पन्न भइसकेको जानकारी दिइयो। सबै वडा र पालिकाको अधिवेशन सम्पन्न भएकाले जिल्ला अधिवेशनको तयारीलाई तीव्रता दिइएको पार्टीले जनाएको छ।

पत्रकार सम्मेलनमा जिल्ला अधिवेशन तयारी संयोजक मात्रिका सिंह, केन्द्रीय प्रतिनिधि दमनबहादुर शाही र पार्टी सचिव नगेन्द्र विष्टको उपस्थिति थियो।

विज्ञापन

कार्यक्रममा बोल्दै कांग्रेसका केन्द्रीय प्रतिनिधि शाहीले पार्टी केन्द्रले तोकेको समयसीमाभन्दा अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ तयारी अघि बढाइएको बताए।

‘पार्टी केन्द्रले तोकेको समयसीमाभन्दा अगावै जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौँ। अधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी भइरहेको छ,’ शाहीले भने।

पार्टी सचिव विष्टले जिल्ला अधिवेशन सफल बनाउन नेता तथा कार्यकर्ता एकजुट भएर अघि बढिरहेको बताए। अधिवेशनको व्यवस्थापनका लागि छवटा उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको उल्लेख गर्दै उनले निर्धारित मितिमै अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय र व्यवस्थापनको काम भइरहेको जानकारी दिए।

‘जिल्ला अधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न उपसमिति गठन गरेर तयारी अघि बढाएका छौँ। जिल्लाका सबै वडा र पालिकाको अधिवेशन सम्पन्न भइसकेको अवस्थामा जिल्ला अधिवेशनलाई पनि उत्साहपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्ने हाम्रो लक्ष्य छ,’ विष्टले भने।

उनले पार्टीको आधिकारिक नेतृत्व शेरबहादुर देउवाको पक्षमा रहेको उल्लेख गर्दै वर्तमान अवस्थामा सबैलाई एकजुट हुन आग्रह गरे।

२७ र २८ गते हुने जिल्ला अधिवेशनले पार्टीको जिल्ला नेतृत्व चयन गर्नुका साथै जिल्लामा संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।