ब्रेकिङ न्युज
विज्ञापन
समाज

२४ घण्टामा ६ जिल्लामा सवारी दुर्घटना हुँदा ६ जनाको मृ’त्यु

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ६ जनाले ज्यान गुमाएका छन्।

झापा, कनकाई नगरपालिका-१ दुर्गापुरस्थित सडकमा प्र.१-०१-००१ ख ४८०० नम्बरको ट्रकले कोशी प्रदेश ०१-०२० प ९८७ नम्बरको स्कुटरलाई शनिबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार दमक नगरपालिका-१२ बस्ने ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएकी स्कुटर चालकको बिएनसी अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

विज्ञापन

पर्सा, वीरगंज महानगरपालिका-१० बजरंग टोलस्थित सडकमा आदर्शनगरबाट सिर्सिया पुलतर्फ जाँदै गरेको म.प्र. ०३-००१ क ३५३७ नम्बरको मिनि ट्रकको ठक्करबाट साइकलयात्री भारत बिहार राज्य मोतिहारी पञ्चायत हरैया-१ भलुवाहा टोल बस्ने ४५ वर्षीय खेखन पंडितको शनिबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको नारायणी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो। मिनि ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ दुविचौरस्थित सडकमा बुटवलबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०६६४ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने ४१ वर्षीय बिर बहादुर स्याङ्तानको शनिबार बेलुकी मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै मकवानपुर सहकारी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्की, पोखरा महानगरपालिका-२७ ज्यमिरेकुनास्थित सडकमा शिशुवाबाट ज्यामिरेकुनातर्फ जाँदै गरेको ग.९ प ९११५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही महानगरपालिका-२७ आदर्शचोक बस्ने ७ वर्षीय सुभोद पौडेलको शनिबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्युठान, प्युठान नगरपालिका-३ ओखरबोटस्थित सडकमा जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना.४ ख ५९४६ नम्बरको बसले किचेर सोही ठाउँ बस्ने प्रकास सुनारको छोरा १० वर्षीय पुस्कर सुनारको शनिबार दिउँसो मृत्यु भएको छ।

बसबाट खसेर उक्त बसले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अर्घाखाँची, छत्रदेव गाउँपालिका-३ मथुरास्थित सडकमा लु.४ त ७९१७ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका-२ सोमडी बस्ने २२ वर्षीय गणेश रास्कोटी मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।