ब्रेकिङ न्युज
विज्ञापन
समाज

भोटेकोशी बाढीमा एक हजार ४५७ को मृ’त्यु, ४ हजार ७२० जना अझै बेपत्ता

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ४५७ जनाको मृत्यु भएको छ।

बाढीमा परेका १ हजार ४५७ जनाको शव फेला परेको हो। यस्तै, ४ हजार ७२० जना अझै बेपत्ता रहेका छन्।

जसमा रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्‍चिममा २२२ जनाको शव फेला परेको छ। साथै, २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो।

विज्ञापन

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना संकलन देखि आवश्यक प्रक्रिया पुरा गरी १ हजार ३३५ वटा शव व्यवस्थापन गरिएको छ।

शव पहिचानका लागि सजिलो होस् भनेर कुल ३ हजार ४ सय २७ वटा डिएनए नमुना संकलन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। बेपत्ता भएका ४ हजार ७ सय २० जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार १ सय १० जना व्यक्तिहरूलाई राखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।