ब्रेकिङ न्युज
विज्ञापन
समाज

पूजा–हवनमा प्रयोग हुने चिल्लो पदार्थलाई ‘घिउ’ भनेर बिक्री गर्न रोक

सरकारले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि तयार गरिने चिल्लो पदार्थलाई खाद्य घिउका रूपमा उत्पादन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो चिल्लो पदार्थ खाद्य घिउसँग मिल्दोजुल्दो देखिने गरी बिक्री भइरहेको भन्दै बजारमा पठाउन रोक लगाएको हो।

यस्ता उत्पादनको रङ, गन्ध, स्वरूप र प्याकेजिङ खाद्य घिउसँग मिल्दोजुल्दो हुने भएकाले उपभोक्ता झुक्किएर खानामा समेत प्रयोग गर्न सक्ने जोखिम रहेको विभागको ठहर छ।

विज्ञापन

‘कसैले पूजा, होम, हवन तथा दीप प्रज्वलनका लागि चिल्लो पदार्थ उत्पादन तथा बिक्री वितरण गरेमा लेबलको अग्र भागमा ‘खानाको लागि होइन’ भनी उल्लेख गरी कालो क्रस चिह्न स्पष्ट रूपमा ठूलो फन्टमा राख्नुपर्नेछ। साथै, सो पदार्थमा घिउ, बेकरी सर्टेनिङ वा वनस्पति घिउ जस्ता शब्द लेबलमा उल्लेख गर्न पाइने छैन’, सूचनामा भनिएको छ।

विभागले खाद्य तथा अखाद्य पदार्थबीच हुने मिसावट, गलत लेबलिङ र अखाद्य वस्तु खाद्य आपूर्ति शृङ्खलामा प्रवेश गर्ने जोखिम रोक्न यस्तो व्यवस्था गरिएको जनाएको छ।

यस्तै, निर्देशनविपरीत कार्य गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने विभागले चेतावनी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।