नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कहिल्यै नबिग्रिएको दाबी गरेका छन्।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार सञ्चारकर्मीहरूले ‘एमाले अब पूर्ण रूपमा सुध्रिएको हो ?’ भनी सोधेको प्रश्नमा अध्यक्ष ओलीले उल्टै प्रतिप्रश्न गर्दै भने, ‘कहिले बिग्रिएको थियो र ?’
सोही क्रममा पत्रकारहरूले पार्टी कार्यालयबाट सुरक्षाकर्मी फिर्ता बोलाउने सरकारको कदमबारे धारणा माग्दा अध्यक्ष ओलीले छोटो टिप्पणी गर्दै भने, ‘त्यो उसको (सरकारको) कुरा हो।’

अन्य दलका कार्यालयमा सुरक्षा तैनाथ रहे पनि एमाले मुख्यालयबाट सुरक्षाकर्मी हटाइएको विषयमा थप प्रश्न गर्न खोज्दा उनी संक्षिप्त जवाफ दिँदै गाडीतर्फ लागेका थिए।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।