ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

अनुमोदन गरेर पठाए गर्व गर्ने गरी काम गर्छु: अमेरिकाका लागि प्रस्तावित राजदूत थापा

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरन जङ्ग थापाले संसदीय समितिले आफूलाई अनुमोदन गरेर पठाएकोमा गर्व गर्न सक्ने गरी कार्यसम्पादन गर्ने दृढता व्यक्त गरेका छन्।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना र सोच प्रस्तुत गर्दै थापाले देशको प्रतिनिधित्व लगनशील, निर्भीक, निष्ठावान् र उत्कृष्ट कूटनीतिज्ञका रूपमा गर्ने प्रतिबद्धता जनाए। उनले वासिङ्टन डिसीमा हुने महत्त्वपूर्ण तथा सान्दर्भिक कार्यक्रमहरूमा नेपालको उपस्थिति र पहिचानलाई मजबुत बनाउने लक्ष्य अघि सारे।

थापाले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा नयाँ कूटनीतिक जनशक्तिलाई अवसर प्रदान गर्ने र अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दूतावासमा इन्टर्नसिप गराउने योजनासमेत सुनाए।

विज्ञापन

बजेटको सीमिततालाई सम्बोधन गर्न कडा मितव्ययिता र वित्तीय पारदर्शिता अपनाउने उनको योजना छ। साथै, अमेरिकाका ५० वटै राज्यमा छरिएर रहेका करिब २ लाख ५० हजारभन्दा बढी नेपाली डायस्पोराको ज्ञान, सीप, पुँजी र प्रभावलाई नेपालको हितमा अधिकतम उपयोग गर्ने उनले बताए।

सरकारले सुम्पिएको जिम्मेवारी निष्ठापूर्वक वहन गर्ने बताउँदै थापाले संसदीय समितिले ‘हामीले अनुमोदन गरेर पठाएको राजदूत हो’ भन्दै शिर ठाडो पार्ने गरी नतिजा दिने विश्वास दिलाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।