ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

प्रस्तावित राजदूत सुनारविरुद्ध संसदीय समितिले थप अध्ययन गर्ने, आवश्यक कागजात मगाउने निर्णय

साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारविरुद्ध परेका उजुरीमाथि थप अध्ययन गर्न संसदीय सुनुवाइ समितिले सम्बन्धित निकायबाट कागजात मगाउने निर्णय गरेको छ।

सोमबार उजुरीकर्ताहरूसँग छलफल गरेपछि समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र ललितपुर प्रहरी कार्यालयबाट आवश्यक कागजात मगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिएका छन्।

प्रस्तावित राजदूत सुनारविरुद्ध दुईवटा उजुरी परेका छन्। तीमध्ये एउटा उजुरीमा उनीमाथि महिला हिंसा गरेको र धम्की दिएको आरोप लगाइएको छ। उजुरीकर्ताले उक्त घटनाका सम्बन्धमा सुनारले ललितपुर प्रहरी कार्यालयमा दुई पटक माफी मागेको दाबी गरेकी छन्।

विज्ञापन

उजुरीकर्ताले प्रहरीमा माफी मागिएको र मिलापत्र भएको भनिएको कागजातका प्रतिलिपिसहित घटनासँग सम्बन्धित सन्देशका स्क्रिनसटसमेत समितिमा बुझाएको बताइएको छ।

त्यस्तै, सुनारलाई जर्मनीबाट डिपोर्ट गरिएको विषयमा समेत उजुरी परेको छ। यस विषयमा तथ्य स्पष्ट पार्न समितिले सम्बन्धित निकायबाट कागजात मगाउने निर्णय गरेको जनाइएको छ।

सुनारविरुद्ध परेको अर्को उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित हाम्रो नेपाल पार्टीमा उनी आबद्ध रहेको दाबी गरिएको छ। राजदूत नियुक्त हुने व्यक्ति कुनै राजनीतिक दलसँग आबद्ध हुन नहुने जिकिर गर्दै उजुरीकर्ताले सुनारको नियुक्ति योग्यतामाथि प्रश्न उठाएका छन्।

संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सोमबारदेखि सुरु गरेको हो। सोमबार भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइसमेत भइरहेको छ।

सुनारविरुद्ध परेका उजुरीमा उठाइएका विषय र सम्बन्धित निकायबाट प्राप्त हुने कागजातका आधारमा समितिले थप निर्णय गर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।