ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

केन्द्रीय सदस्यलाई ओलीको निर्देशन : नतिजा देखिने गरी काम गर्नू

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाएपछि कामको नतिजा देखाउनुपर्ने बताएका छन्।

उनले पार्टीमा लामो समय योगदान गरेको र मेहनत गरेर जिम्मेवारी प्राप्त गरेको भएपनि अब त्यसको प्रभावकारी कार्यान्वयनबाट आफ्नो क्षमता प्रमाणित गर्नुपर्ने बताए।

केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूको कामको मूल्यांकन विगतको योगदानका आधारमा मात्रै नहुने स्पष्ट पारे।

विज्ञापन

‘लामो समय पार्टीमा योगदान गरेर, धेरै पसिना बगाएर, मेहनत गरेर र पार्टीको विश्वास जितेर यो जिम्मेवारी प्राप्त गर्नुभएको छ। तर अब यो जिम्मेवारी कसरी बहन गरिन्छ, कसरी पालना गरिन्छ र कसरी सफल बनाइन्छ भन्ने कुराको परीक्षा प्रारम्भ हुन्छ,’ उनले भने।

विगतको इतिहास र योगदान महत्त्वपूर्ण भए पनि नयाँ जिम्मेवारीका लागि आवश्यक योग्यता, क्षमता र कार्यकुशलता पनि मूल्यांकनका आधार हुने उनको भनाइ छ।

‘सबै कुरा भए पनि सक्रियता भएन भने योग्य मान्छे भएर के काम लाग्छ? विद्वान् मान्छे छ, तर घरबाट निस्किँदैन, केही काम गर्दैन र कसैसँग कुरा पनि गर्दैन भने त्यो विद्वताको के काम?’ ओलीले प्रश्न गरे।

उनले व्यक्तिमा भएको ज्ञान, योग्यता र क्षमतालाई व्यवहारमा उतार्न सक्रियता आवश्यक हुने बताए। सक्रियतासँगै कार्यदक्षता बढाउन सके त्यसले कामको परिणाममा ठूलो फरक पार्ने उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।