ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

थमन विक हत्या प्रकरणका आरोपी सांसद अभिराम शर्माको निलम्बन फुकुवा

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा निलम्बनमा परेका जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेशसभा सदस्य अभिराम शर्माको निलम्बन फुकुवा भएको छ।

मधेश प्रदेशसभाले शर्मामाथिको निलम्बन असोज २६ गतेदेखि लागू हुने गरी फुकुवा गरेको हो। प्रदेशसभा सचिव बासुप्रसाद कोइरालाद्वारा जारी सूचनाअनुसार सर्वोच्च अदालतले शर्मालाई साधारण तारेखमा राख्ने आदेश दिएपछि निलम्बन फुकुवा गरिएको हो।

तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट प्रदेशसभा सदस्य रहेका शर्मालाई २०८१ वैशाख १८ गते मधेश प्रदेशसभाले निलम्बन गरेको थियो।

विज्ञापन

थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले शर्मालाई जन्मकैदको सजाय सुनाएपछि उनी कानुनी प्रक्रियामा गएका थिए। उच्च अदालत हुँदै सर्वोच्च अदालत पुगेका शर्माले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ (२) बमोजिम सुविधा पाएका थिए।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा सर्वोच्च अदालतबाट २०८३ असोज २३ गते साधारण तारेख तोकिएको उल्लेख छ। सोही आधारमा मधेश प्रदेशसभा नियमावली, २०८२ को नियम २१९ को उपनियम (५) बमोजिम सभामुखले शर्माको निलम्बन फुकुवा गरेको जनाइएको छ।

शर्माको निलम्बन फुकुवासँगै थमन विक हत्या प्रकरणमा कानुनी प्रक्रिया अघि बढिरहेका बेला उनको प्रदेशसभा सदस्य पदमाथि लगाइएको निलम्बन हटेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।