ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

बुढीगंगाको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

मोरङको बुढीगंगा गाउँपालिकाले सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । साँघुरो भवनबाट सेवा दिँदै आएको गाउँपालिकाले आफ्नै नवनिर्मित प्रशासनिक भवनबाट औपचारिक रूपमा प्रशासनिक कामकाज अघि बढाएको हो ।

गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै आफूले गरेको प्रतिबद्धताअनुसार भवन निर्माणको काम सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको बताए । उनले नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाको संस्थागत विकास, प्रशासनिक सुदृढीकरण, सुशासन र समृद्धिको यात्रामा थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संघीय र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण गरिएको उक्त भवनका लागि ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०८१ साल साउन २० गते सुनसरीको धरान–१३ स्थित ब्राइट भुल निर्माण कम्पनीसँग सम्झौता भएको भवन २०८३ साल मंसिर २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । निर्माण कम्पनीले निर्धारित समयअगावै भवन निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको जनाइएको छ ।

विज्ञापन

संघीय सरकार र स्थानीय सरकारको लागत साझेदारीमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाको प्रशासनिक भवनको ७ करोड ५५ लाख रुपैयाँ निर्माण कम्पनीलाई दिएको र थप रकम दिन बाँकी रहेको पनि गाउँपालिकाले जनाएको छ ।

पर्याप्त स्थानको अभावमा सेवा प्रवाहमा असहजता हुँदै आएको अवस्थामा ९ कठ्ठा २ धुर क्षेत्रफलमा निर्माण गरिएको आधुनिक नयाँ भवनले प्रशासनिक कामकाजलाई व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

नयाँ भवन सञ्चालनमा आएसँगै गाउँपालिकाका सातवटै वडाबाट आउने सेवाग्राहीलाई सहज, छरितो र व्यवस्थित सेवा उपलब्ध गराउन सहयोग पुग्ने स्थानीयको अपेक्षा छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।