ब्रेकिङ न्युज
विज्ञापन
समाज

तनहुँमा बोलेरो जिप दुर्घटना, एकको मृत्यु, ६ जना घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडास्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो उकालो सडकमा अनियन्त्रित भई पछाडि सरेर करिब ७ मिटर तल नालीमा खसेको थियो।

साँझ करिब पौने ६ बजे भएको दुर्घटनामा परी गम्भीर घाइते भएकी आँबुखैरेनी-६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको उपचारका क्रममा आँबुखैरेनी अस्पतालमा साँझ ६:२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

विज्ञापन

जिपमा सवार ८ जनामध्ये घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरू सबै खापस्वाराकै स्थानीय बासिन्दा हुन्।

प्रहरीका अनुसार घाइते ४९ वर्षीय तोकबहादुर गुरुङ, ६९ वर्षीय वकुलाल गुरुङ र १६ वर्षीया रिश्मा गुरुङको अवस्था मध्यम छ। यस्तै, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्विका गुरुङ र ३५ वर्षीय सानो कान्छा गुरुङ सामान्य घाइते भएका छन्।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदिप सुवेदीको कमान्डमा ट्राफिकसहित १० जनाको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले चालक आँबुखैरेनी-६ हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।